२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

रेशम चौधरी कारागारबाट रिहा

images

सत्कार खबर
  • २०८० जेठ १५, सोमबार
  • 1.2K
    SHARES
  • रेशम चौधरी कारागारबाट रिहा

    काठमाडौं : कैलालीको टिकापुर काण्डमा दोषी ठहर भई डिल्लीबजार कारागारमा आजीवन काराबासको सजायँ भोगिरहेका नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी सरकारले सजाय माफ गरिदिएपछि डिल्लीबजार कारागारबाट रिहा हुनु भएको छ ।

    उहाँका समर्थक बिहानैदेखि डिल्लीबजार कारागार बाहिर भेला भएका थिए । समर्थकहरुले उहाँलाई अविर र फूलमाला लगाइदिएर स्वागत गरे ।

    कारागारबाट रिहा भएपछि उहाँ सिधै पुल्चोकस्थित मन्त्री क्वाटरमा पुग्नु भयो । रेशमकी पत्नी एवम् भूमिसुधार मन्त्री रञ्जिता श्रेष्ठ मन्त्री क्वाटरमा बस्दै आएकाले रेशम कारागारबाट सिधै त्यहीँ पुग्नु भएको हो ।

    मन्त्री क्वाटरमा पनि उहाँका समर्थकहरुको भिडभाड थियो । थारु भेषभूषामा सजिएका उहाँका समर्थकहरु रेशमको प्रतिक्षामा थिए। उनीहरुले पनि रेशमलाई बधाई दिँदै अविर र फूलमाला लगाइदिए ।

    त्यहाँ पत्रकारहरुलाई प्रतिक्रिया दिँदै चौधरीले टिकापुरकाण्डमा मारिएका प्रहरीका परिवारले पनि न्याय पाउनुपर्ने भन्दै त्यसका लागि सघाउन तयार रहेको बताउनु भयो ।

    त्यसपछि उहाँ बा २४ प ८२७२ नम्बरको कार चढेर माइतीघर मण्डलामा आउनु भयो । त्यहाँ पनि नागरिक उन्मुक्ति पार्टीका कार्यकर्ताहरुले उहाँलाई फूलमाला र खादाले स्वागत गरे ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ