२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

काठमाडौंमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

images

सत्कार खबर
  • २०८० जेठ १४, आइतबार
  • 2.0K
    SHARES
  • काठमाडौंमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

    काठमाडौं : काठमाडौं महानगरपालिका (१४) कलंकीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ। 

    आइतबार दिउँसो कलंकी चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएका छन्। तनहुँ घर भई हाल काठमाडौं नैकाप बस्ने ६४ वर्षीया सन्तु माया राउतको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएकी उनको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएकी स्कुटर चालकको शहीद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ।

    सु प प्रदेश ०१(००१) ख २९४१ नम्बरको ट्रक र बा प्र ०२(००४) प ४७०३ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। ट्रक चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ