२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

उपराष्ट्रपति यादवले गरे पर्वतारोही बुढामगरलाई सम्मान

images

सत्कार खबर
  • २०८० जेठ १२, शुक्रबार
  • 1.6K
    SHARES
  • उपराष्ट्रपति यादवले गरे पर्वतारोही बुढामगरलाई सम्मान

    काठमाडौं :उपराष्ट्रपति रामसहायप्रसाद यादवले घुँडामाथिसम्म दुवै खुट्टा गुमाएर पनि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गर्नु भएका पर्वतारोही हरि बुढामगरलाई आज विशेष सम्मान गर्नु भएको छ ।

    लैनचौरस्थित उपराष्ट्रपति कार्यालयमा विशेष समारोहको आयोजना गरी उहाँले सफल आरोही बुढामगरलाई बधाई तथा शुभकामना दिनु भएको हो ।

    “तेह्र वर्षअघि गोर्खा सैनिकका रुपमा अफगानिस्तानको लडाईंमा दुवै खुट्टा गुमाएपछि पनि आफ्नो कठोर परिश्रम, दृढ इच्छा शक्ति र जीवनमा केही गर्ने हुटहुटीले तपाईंलाई कीर्तिमानी बनाएको छ”, उपराष्ट्रपति यादवले भन्नु भयो , खुट्टा नहुँदाको प्रतिकूलतालाई चिर्दै कृत्रिम खुट्टाको प्रयोग गरी बुढामगरले विश्व कीर्तिमान कायम गर्नुभएको उल्लेख गर्दै उपराष्ट्रपति यादवले यसबाट सम्पूर्ण नेपाली गौरवान्वित भएको बताउनु भयो ।

    उपराष्ट्रपति यादवले सगरमाथाको चुचुरोमा पुग्नु आफैँमा एउटा साहसिक कार्य भएको बताउनु भयो । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ