२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

सबैभन्दा बढी डिजिटल कारोबार गर्नेमा राष्ट्रिय वाणिज्य बैंक

images

  • २०८० पुस ९, सोमबार
  • 906
    SHARES
  • सबैभन्दा बढी डिजिटल कारोबार गर्नेमा राष्ट्रिय वाणिज्य बैंक

    काठमाडौं : २०२२ साल माघ १० गतेबाट बैंकिङ्ग कारोबार सुरु गरेको राष्ट्रिय वाणिज्य बैंक, हाल डिजिटल प्रविधिमा उल्लेख्य जन प्रगति गरेको छ। नेपालका वाणिज्य बैंकहरु मध्ये एक सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सबैभन्दा बढी डिजिल कारोबार (विद्युतीय कारोबार) गर्न सफल भएको छ। नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो १५ औं वार्षिकोत्सवको अवसरमा नेपालका बैंकहरु मध्ये सबैभन्दा बढी डिजिटल कारोबार गर्ने बैंकको रुपमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडलाई आइतबार साँझ सम्मानित गरेको छ।

    यसै,आज एक विशेष कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठलाई अवार्ड प्रदान गरेका छन्। बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बैंकले प्रविधिमा पर्याप्त लगानी गरेकाले यो उपलब्धि हासिल गर्न सफल भएको बताउदै अब राष्ट्रिय वाणिज्य बैंक परम्परागत प्रणालीबाट डिजिटलाइजेशन तर्फ गएको बताउनु भयो।

    बैंकले अन्तर्राष्ट्रिय स्तरको उन्नत बैंकिङ्ग प्रविधिमा आधारित कोर बैंकिंग सफ्टवेयर भित्र्याउन IT Enhancement ऋओअद्मप अन्तर्गत कार्य समेत गरिरहेको उहाँले बताउनु भयो। बैंकले आधुनिक डिजिटल बैंकिङ्ग सेवा प्रवाह गरिरहेकाले सबै ग्राहकहरुलाई निर्धक्कसँग बैंकिङ्ग सेवा प्रयोग गर्न अनुरोध पनि गर्नु भयो र साथै उहाँले बैंकको उपरोक्त प्रगतिकालागि सम्पूर्ण ग्राहकहरु, शेयरधनी, नेपाल सरकार, राष्ट्र बैंंक, कार्यरत कर्मचारी लगायत समग्र सरोकारवालाहरु प्रति बैंकको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन पनि गर्नु भयो।

    हाल बैंकले देशैभरका ७७ वटै जिल्लामा फैलिएको २८५ शाखा कार्यालय, २६९ एटिएम, ९९ वटा शाखा रहित बैंकिङ्ग सेवा, ६९ वटा एक्स्टेन्सन काउण्टर मार्फत सेवा प्रदान गरिरहेको छ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ