काठमाडौं : जात व्यवस्थाविरुद्ध राजधानीकोे माइतीघरमा बृहत नागरिकले आन्दोलन गरेको छ । बुधबार साँझ एक घण्टा विभिन्न सांगीतिक प्रस्तुतिसहित जात व्यवस्थाविरुद्ध आन्दोलन गरेको हो । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोती गाउँमा जातकै कारण ०७७ साल जेठ १० गते नवराज विकसहित ६ जना युवाको विभत्स हत्या हुने गरी भएको घटनाको स्मरणमा जातीय भेद्भाव र छुवाछूतका कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै नागरिक अगुवाहरूले विरोध प्रदर्शन गरेको थियो ।
प्रतिरोध प्रदर्शनका क्रममा अधिवक्ता श्याम विश्वकर्माले देशको विद्यमान गरिबी र अविकास जात व्यवस्थाकै उपज भएको बताउनु भयो । उहाँले जात व्यवस्था वर्तमान संविधान, मानव अधिकारका अन्तर्राष्ट्रिय मुल्यमान्यता र नेपाल पक्ष राष्ट्र भएका दर्जनौँ सन्धि सम्झौताविपरीत रहेको बताउनु भयो ।

जात व्यवस्थाले सयौँ मानवको ज्यान लिएको र धेरैलाई अनागरिक समेत बनाएको उहाँको भनाई छ । उहाँले भन्नु भयो जात व्यवस्थाकै कारण मेरो देश यो अवस्थामा छ । देशको गरिबी र अविकास जात व्यवस्थाकै उपज हो । यसले धेरैलाई अनागरिक बनाएको छ, धेरैलाई कुटपिट गरेको छ, अपमान गरेको छ, छुवाछुत गर्छ, कति मान्छेलाई त मारेको मार्यै छ,’ । अंगिरा, माया, नवराज, ऋषिदेव लगायत सयौँको न्यायकालागि पनि जात व्यवस्था नढालेर सुखै छैन ।’
प्रतिरोध प्रदर्शनका क्रममा नवअजित–डे’को तर्फबाट जात व्यवस्थाविरोधी अभियन्ता प्रकाशचन्द्र परियारले आफूलाई मान्छेको दाबी गर्नु भएको छ ।उहाँले प्रतिरोध दिवसमा कालो दिनकारुपमा सोती घटनालाई सम्झिएर नवराजका लागि न्याय माग्दै गर्दा समाजले अर्को युवालाई नवराजको अवस्थामा पुर्याउन ठेलमठेल गरिरहेको बताउनु भयो । विभिन्न नाराका प्लेकार्डसहित प्रदर्शन गरिएको आन्दोलनमा राजसागरलगायतले सांगीतिक प्रस्तुति दिएका थिए ।




