२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

हिमालयन रिइन्स्योरेन्सको आईपीओ न्यूनतम १० कित्ता सबैले पाउने, कहिले हुदैछ बाँडफाँड ?

images

  • २०८० पुस ८, आइतबार
  • 1.1K
    SHARES
  • हिमालयन  रिइन्स्योरेन्सको आईपीओ न्यूनतम १० कित्ता सबैले पाउने, कहिले हुदैछ बाँडफाँड ?

    काठमाडौं : हिमालयन रिइन्स्योरेन्स कम्पनीको आइपीओ यहि साताभित्र बाँडफाँड हुने भएको छ। सके यही हप्ताको शुक्रबार नभए अर्को हप्ताको सुरु मै शेयर बाँडफाँड गर्ने तयारी रहेको बुझिएको छ। कम्पनीको आइपीओ प्रिअलोटमेन्ट सम्पन्न भइसकेकोले अब धितोपत्र बोर्डबाट अनुमति लिएर आगामी साताभित्रै बाँडफाँड गरिने क्यापिटलले जनाएको छ। 


    सीडीएस एण्ड क्लियरिङका अनुसार सोमबार साँझ ५ बजेसम्म १६ लाख ६० सय २२ जनाले कुल३ करोड २२ लाख १५ हजार ७० कित्ताका लागि आवेदन परेको छ। कम्पनीको शेयरमा ६ अर्ब ६३ करोड ६३ लाख ४ हजार ४२० रुपैयाँ बराबरको आवेदन परेको छ। यस हिसाबमा १० कित्ताका दरले शेयर सबैलाई पर्छ भने २० कित्ताका लागि भने गोलाप्रथाका माध्यमबाट बाँडफाँड हुनेछ। 

    कम्पनीले मंसिर २७ देखि पुस गतेसम्म २ करोड ४९ लाख कित्ता शेयरको लागि आवेदन माग गरेको थियो। कम्पनीले १० अर्ब रुपैयाँ जारी पूँजीको ३० प्रतिशतले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता शेयर जारी भएको छ। कम्पनीले प्रतिशेयर अंकित १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रति कित्ता २०६ रुपैयाँका दरले हुन आउने ६ अर्ब १८ करोड रुपैयाँको शेयर निष्काशन गर्ने भएको छ।

    त्यसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १० प्रतिशतले हुन आउने ३० लाख कित्ता आइपीओ बिक्री गरिसकेको छ। कम्पनीले कुल कित्ताको २ प्रतिशतले हुन आउने ६ लाख कित्ता कम्पनीमा कार्यरत कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने १५ लाख कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको छ। अब बाँकी रहेको २ करोड ४९ लाख कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ