२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

अर्बभन्दा बढी महसुल नतिरेपछि प्राधिकरणले काट्यो ४ उद्योगको बिजुली

images

  • २०८० पुस ७, शनिबार
  • 1.0K
    SHARES
  • अर्बभन्दा बढी महसुल नतिरेपछि प्राधिकरणले काट्यो ४ उद्योगको बिजुली

    काठमाडौं : लामो समयदेखि डेडिकेटेड र ट्रक लाइन प्रयोग गरेबापत विद्युत् महसुल नतिरेका ४ ठूला उद्योगको लाइन काटिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीवार त्यस्ता लाइनको बिजुली काटेर महसुल उठाउन प्राधिकरणलाई निर्देशन दिएका थिए। प्रधानमन्त्री प्रचण्डले ठूला उद्योगको लाइन काटेर राजस्व उठाउन निर्देशन दिएलगत्तै प्राधिकरणले ४ ठूला उद्योगको लाइन काटेको हो।

    प्राधिकरणका अनुसार जगदम्बा स्टिल, रिलायन्स स्पीनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्ट उद्योगको लाइन काटिएको छ। यस्तै, प्राधिकरणका अनुसार जगदम्बाले मात्र ४ अर्ब १४ करोड, रिलायन्सले १ अर्ब ९४ करोड, घोराही सिमेन्टले १ अर्ब ३६ करोड र अर्घाखाँची सिमेन्टले १ अर्ब ३० करोड रुपैयाँ बराबरको महसुल बुझाउन बाँकी छ। पटकपटक आग्रह गर्दा बक्यौता तिर्न अटेर गरेकाले उनीहरुको लाइन काटिएको प्राधिकरणले जनाएको छ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ