काठमाडौं : आज बुधबार सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत तीन खेलहरु हुँदैछन् । जसमा दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो २ बजे हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । आठौं जितको खोजीमा रहेको आर्मी २० खेलमा २९ अंक जोडेर पाँचौं स्थानमा छ । छैटौं जितको खोजीमा रहेको एनआरटी २० खेलमा २३ अंक जोडेर ११ औं स्थानमा छ ।
दशरथ रंगशालामा साँझ ६ बजे हुने दोस्रो खेलमा जावलाखेल युथ क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । दशौँ जितको खोजीमा रहेको जावलाखेल २० खेलमा ३३ अंक जोडेर तेस्रो स्थानमा छ। दशौँ जितको खोजीमा रहेको मछिन्द्र २० खेलमा ३४ अंक जोडेर दोस्रो स्थानमा छ ।
यस्तै च्यासल मैदानमा दिउँसो ३ बजे हुने एपीएफ क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । सातौं जितको खोजीमा रहेको एपीएफ २० खेलमा २३ अंक जोडेर १० औं स्थानमा छ । छैटौं जितको खोजीमा रहेको संकटा २० खेलमा २३ अंक जोडेर १२ औं स्थानमा छ।



