२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

विश्वकप छनोट तालिका सार्वजनिक : नेपालको पहिलो खेल जिम्बावेसँग

images

सत्कार खबर
  • २०८० जेठ ९, मंगलबार
  • 1.5K
    SHARES
  • विश्वकप छनोट तालिका सार्वजनिक  : नेपालको पहिलो खेल जिम्बावेसँग

    काठमाडौं : जिम्बावेमा आगामी महिना हुने आइसिसी क्रिकेट विश्वकप छनोट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ। आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको छनोटमा नेपालले आफ्नो पहिलो खेल जिम्बावेसँग खेल्ने भएको छ ।

    १० टिमले भाग लिने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ। समूह  ‘ए’ मा नेपालसहित, वेस्ट इन्डिज, आयोजक जिम्बावे, नेदरल्यान्ड्स र अमेरिका परेका छन्। समूह ‘बी’ मा भने श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई रहेका छन्।

    आईसीसीले आज सार्वजनिक गरेको खेल तालिका अनुसार असार ३ देखि  प्रतियोगिता सुरु हुनेछ र उद्घाटन खेलमा नेपालले घरेलु टोली जिम्बावेसँग खेल्नेछ । यस्तै नेपालले असार ५ मा अमेरिका, असार ७ मा वेस्ट इन्डिज  र असार ९ मा नेदरल्यान्ड्ससँग खेल्नेछ।

    समूहको शीर्ष तीनमा रहन सके नेपाल सुपर सिक्समा पुग्नेछ । सुपर सिक्स चरण राउण्ड रोविन प्रणालीमा खेलाइनेछ । सुपर सिक्समा दुवै समूहका शीर्ष ३/३ टिम पुग्नेछन्। त्यसबाट शीर्ष दुई स्थानमा रहने टिमले प्रतियोगिताको फाइनल खेल्नेछन् भने दुवै टिम भारतमा हुने विश्वकपका लागि छानिनेछन् ।

    प्रतियोगिताको अन्तिम तयारी गर्न नेपाली राष्ट्रिय क्रिकेट टिम आगामी साता जेठ १७ गते दक्षिण अफ्रिका जाँदैछ। दक्षिण अफ्रिका जानुअघि नेपाली टिमले एक साता घरेलु मैदानमै तयारी गर्नेछ। 

    नेपालले दक्षिण अफ्रिकामा १० दिन तयारी गर्नेछ। नेपाली टिम प्रतियोगिता सुरु हुनुभन्दा एक साताअघि उतैबाट जिम्बावे पुग्नेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ