२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

चीनमा भूकम्प, १ सय भन्दा धेरैको मृत्यु, २ सय भन्दा बढी घाइते

images

  • २०८० पुस ३, मंगलबार
  • 891
    SHARES
  • चीनमा भूकम्प, १ सय  भन्दा धेरैको मृत्यु,  २ सय भन्दा बढी घाइते

    एजेन्स : उत्तरी चीनमा भूकम्प जाँदा १ सयभन्दा बढीको मृत्यु भएको छ भने २ सय भन्दा बढी घाइते छन्। नेपाली समयअनुसार आज बिहान २ बजे कान्सु प्रान्तलाई केन्द्रविन्दु बनाएर ६.२ म्याग्निच्युडको भूकम्प गएको थियो जसमा भूकम्पबाट कान्सु र छिङ्हाइ प्रान्तमा धरै क्षति पुगेको छ।

    चिनियाँ समाचार एजेन्स सिन्ह्वाका अनुसार छिङ्हाइमा ११ जनाको मृत्यु र १२४ जना घाइते भएका छन् भने कान्सुमा १०० जनाको मृत्यु र ९६ जना घाइते भएका छन्। गत सेप्टेम्बरमा पनि सिचुवान प्रान्तमा ६.६ म्याग्निच्युडको भूकम्प जाँदा ६० जनाको मृत्यु भएको थियो।


    चिनियाँ राष्ट्रपति सी जिनपिङले एक वक्तव्य जारी गर्दै भूकम्प प्रभावितहरुको उद्धार, राहत र घाइतेहरुको उपचारमा पूरै शक्ति परिचालन गरिएको जानकारी दिएका छन्। बिहानैदेखि खोज र उद्धार कार्यलाई तीव्रता दिइएको छ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ