काठमाडौं : जिल्ला खेलकुद विकास समिति लमजुङले बेशीशहरमा असार २ गते ‘दोश्रो राष्ट्रव्यापी खुल्ला मिनी म्याराथन’ प्रतियोगिता आयोजना गर्ने भएको छ। समितिले पत्रकार भेटघाट कार्यक्रम गरी असार २ गते सडक दौड हुने जानकारी गराएको हो।
‘मिनी म्याराथन’ बेंशीसहर नगरपालिकाको सीमा उदिपुर गेटबाट सुन्दरबजार नगरपालिकाको भोटेओडार, बगैंचा, सिउँडीबार, सुन्दरबजार कृषि क्याम्पसको गेट, पाउँदीबाट सिउँडीबार हुँदै पुनः भोटेओडार, कृष्ण बगैंचामा पुगेर समापन हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष योगबहादुर गुरुङ (कालु)ले जानकारी दिनु भयो ।
प्रतियोगितामा प्रथम हुनेलाई नगद ५५ हजार ५ सय ५० मेडल र प्रमाणपत्र प्रदान गरिने छ । द्वितीयलाई नगद २५ हजार ५ सय ५० तृतीयलाई नगद १५ हजार ५ सय ५० रुपैयाँ र सान्त्वना हुने २ जनालाई जनही नगद १० हजार ५ सय ५० रुपैयाँका साथमा मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष गुरुङले जानकारी दिनु भयो । प्रतियोगिता सम्पन्न गर्न करिव ५ लाख खर्च हुने आयोजकको भनाई छ ।
प्रतियोगितामा देशभर जुनसुकै ठाउँका जुनसुकै र उमेर समुहले सहभागि हुन पाउने प्रदेश खेलकुद परिषदका सदस्य दिवाकर बरालले बताउनु भयो ।



