२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

हिमालयन रि-इन्स्योरेन्सको आईपीओ पुरै बिक्यो, कतिले भरे आवेदन ?

images

  • २०८० पुस १, आइतबार
  • 1.6K
    SHARES
  • हिमालयन रि-इन्स्योरेन्सको आईपीओ पुरै बिक्यो, कतिले भरे आवेदन ?

    काठमाडौँ : हिमालयन रि–इन्स्योरेन्स कम्पनीको आइपीओ सुरुका ४ दिनमा नै ‘सब्सक्राइब’ भएको छ। आइतबारसम्म सबै सेयर बिक्री नभएपछि कम्पनीले ढिलोमा पुस ११ गतेसम्मका लागि समय बढाएको थियो। सीडीएस एण्ड क्लियरिङका अनुसार आइतबार साँझ ५ बजेसम्म १४ लाख ६० सय १६० जनाले कुल २ करोड ८० लाख ६१ हजार ३६० कित्ताका लागि आवेदन परेको छ। माग गरिएको कुल सेयर संख्यामा अहिलेसम्म १.१३ गुणा बढी माग भएको हो।

    आज मात्र कम्पनीले सेयरमा पर्याप्त आवेदन नपरेपछि पुस ११ गतेसम्मका लागि म्याद थप गरेको थियो। यद्यपि माग भन्दा बढीको आवेदन परेमा सो अगावै सार्वजनिक सूचना जारी गरेर बिक्री बन्द गरिने कम्पनीले जनाएको छ। सोहि अनुसार कम्पनीको आईपीओ बिक्री सोमबार बन्द हुन सक्छ।

    कम्पनीले मंसिर २७ देखि पुस गतेसम्म २ करोड ४९ लाख कित्ता शेयरको लागि आवेदन माग गरेको थियो। कम्पनीले १० अर्ब रुपैयाँ जारी पूँजीको ३० प्रतिशतले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता शेयर जारी भएको छ। कम्पनीले प्रतिशेयर अंकित १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रति कित्ता २०६ रुपैयाँका दरले हुन आउने ६ अर्ब १८ करोड रुपैयाँको शेयर निष्काशन गर्ने भएको छ।

    त्यसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १० प्रतिशतले हुन आउने ३० लाख कित्ता आइपीओ बिक्री गरिसकेको छ। कम्पनीले कुल कित्ताको २ प्रतिशतले हुन आउने ६ लाख कित्ता कम्पनीमा कार्यरत कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने १५ लाख कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको छ। अब बाँकी रहेको २ करोड ४९ लाख कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्।

    कम्पनीको सेयर सर्वसाधारणले कम्तिमा १० देखि अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन सकिन्छ। कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्राणाली मार्फत आवेदन दिन सक्नेछन्।

    हिमालयन रिइन्स्योरेन्सको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए प्रदान गरेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ