काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले मच्छिन्द्रनाथको जात्रा, बाह्रमासे जात्रा र भोटो जात्रालाई विश्व सम्पदा सूचीमा समावेश गर्न माग गर्नुभएको छ ।
संसदको नीति तथा कार्यक्रमको विषयमा टिप्पणी गर्दै उहाँले यस्तो बताउनु भएको हो । कार्कीले ललितपुर कला संस्कृतिको धरोहर भए पनि राज्यको आँखा नपरेको उहाँको भनाई छ ।
उहाँले २०७२ सालको भूकम्पपछि पुनर्निर्माणको काम सकियो भनेर पुनर्निर्माण प्राधिकरण विघटन भइसक्यो’उहाँले भन्नु भयो,बुङमतीको रातो मछिन्द्रनाथ, खोकनाको रुद्रायणी मन्दिर ८ वर्षसम्म पुनर्निर्माण हुन सकेन । यो मन्दिरको पुनर्निर्माण सम्पन्न हुने गरी बजेट विनियोजन गर्न उहाँले माग गर्नु भएको छ ।



