काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदैछ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे देखि शुरु हुने खेलमा त्रिभुवन आर्मी क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ। १९ खेलमा २६ अंक जोडेको आर्मी छैटौं स्थानमा छ र सातौं जितको खोजीमा छ । १९ खेलमा २१ अंक जोडेको फ्रेन्ड्स १३ औं स्थानमा छ र छैटौं जितको खोजीमा छ ।
सोही समयमा च्यासल मैदानमा चर्च ब्वाइज युनाईटेड र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ। १९ खेलमा ३६ अंक जोडेको चर्च ब्वाइज शीर्ष स्थानमा छ र ११ औं जितको योजनामा छ । १९ खेलमा २५ अंक जोडेको हिमालयन सातौं स्थानमा छ र सातौं जितको योजनामा रहेको छ ।



