काठमाडौं : इण्डियन प्रिमियर लिग (आईपीएलं) मा गुजरात टाइटन्सले रोयल च्यालेन्जर्स बेंग्लोरलाई ६ विकेटले पराजित गरेको छ।
पहिला ब्याटिङ गरेको बेंग्लोरले २० ओभरमा ५ विकेट गुमाएर १९७ रन बनाएको थियो । विराटले ६१ बलको सामना गर्दै १०१ रनको अविजित इनिङमा १३ चौका र १ छक्का प्रहार गरेका थिए। कोहलीले ६० बलमा शतक बनाएका थिए। विराटको यो सातौं आईपीएल शतक हो र आईपीएल इतिहासमा सबैभन्दा धेरै शतक प्रहार गर्ने ब्याट्सम्यान बनेका छन्।
बेंग्लोरले दिएको १९८ रनको लक्ष्य गुजरातले ५ बल बाँकी छदा ४ विकेटको क्षतिमा पूरा गर्यो। गुजरातका लागि शुभमान गिलले नटआउट १०४ रन जोडेका थिए। गिलले ५२ बलमा शतक बनाएका थिए।
हारसँगै बेंग्लोर बाहिरियो भने मुम्बई इन्डियन्सले प्लेअफमा स्थान बनाएका छ।



