काठमाडौं :नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले भुटानी शरणार्थी प्रकरणमा कसैसँग सम्झौता नहुने बताउनु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताउनु भएको हो । महराले कुनै पार्टी वा नेतासँग भुटानी शरणार्थी प्रकरणमा सम्झौता नहुने दाबी गर्नु भएको छ ।
भुटानी शरणार्थी प्रकरणमा सरकारले कारबाही प्रक्रिया अघि बढाएपछि सकारात्मक प्रभाव पारेको छ । यसलाई अघि बढाउनुपर्छ । पदाधिकारी बैठकले सरकार खुट्टा नकमाएर अघि बढोस् हामी समर्थन गर्न तयार छौं भनिसकेको छ’उहाँले भन्नु भयो , यो प्रकरणमा प्रधानमन्त्रीसहित ओली देउवाबीच भेटघाट भइराखेको छ । यस विषयमा आशंका व्यक्त भएको छ । यो कतै सम्झौता हुन्छ कि भन्ने छ । यो सम्झौता गर्ने विषय होइन ।’
प्रधानमन्त्रीसहित कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्माओली सक्रमणकालीन न्यायलाई टुंगो लगाउने विषयमा छलफल हुने गरेको महराले प्रष्ट पार्नु भयो ।



