२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

एक करोड फिरौती मागेको आरोपमा ३ जना पक्राउ

images

  • २०८० मंसिर २४, आइतबार
  • 676
    SHARES
  • एक करोड फिरौती मागेको आरोपमा ३ जना पक्राउ

    मकवानपुर : मकवानपुरमा रु १ करोड फिरौती मागेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा हेटौँडा उप-महानगरपालिका–९ का ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्री रहेका छन्। 

    तीनैजनाले यही मङ्सिर १९ गते राति हेटौँडा –९ का सूर्यप्रसाद पौडेलबाट फिरौती रकम मागेका थिए। प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार उनीहरुले पौडेलको घरमा गोली प्रहार गरेका थिए। फिरौती माग्ने निश्चल सूर्यप्रसादका भतिजा हुन्। तीनैजना आरोपितलाई प्रहरीले आज सार्वजनिक गरेको छ। 

    प्रहरी उपरीक्षक रिजालका अनुसार पक्राउ परेको समूहले सूर्यप्रसादको घरमा ५ राउण्ड गोली प्रहार गरेको थियो। घटनाको मुख्य योजनाकार निश्चल रहेको उहाँले बताउनुभयो। “निश्चलले नै सूर्यप्रसादको घरमा गोली हान्न लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ”, प्रहरी उपरीक्षक रिजालले भन्नुभयो। उनीहरुले चलाएको गोलीबाट मानवीय क्षति भने भएको छैन। “फिरौती रकम माग्न तर्साउने उद्देश्यले घरको भित्तामा गोली हानेको पाइएको छ”, उहाँले भन्नुभयो– “फिरौती नदिए जे पनि हुनसक्छ भनेर आरोपितहरुले फोनबाट धम्की दिएको खुलेको छ।” 

    प्रहरीले योजनाकार निश्चलको साथबाट पेस्तोलसहित २० थान गोली बरामद गरेको छ। आरोपितहरुले हेटौँडा–४ मा कोठा भाडामा लिएर लागु औषधको कारोबारसमेत गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ। प्रहरीले तीनैजनाको  साथबाट २ मोटरसाइकल, २ ग्राम खैरो हिरोइन, ५ थान मोबाइल र रु ५० हजार बरामद गरेको छ। पक्राउ परेका तीनै जनामाथि प्रहरीले ज्यान मार्ने उद्योग, लागुऔषध कारोबार र हातहतियारसम्बन्धी मुद्दा चलाइने प्रहरीले जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ