२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

ओलीको टिप्पणी: रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेको छ

images

सत्कार खबर
  • २०८० जेठ ७, आइतबार
  • 1.3K
    SHARES
  • ओलीको टिप्पणी:  रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेको छ

    काठमाडौं:प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम ‘रोम जलिरहेको र निरो बाँसुरी बजाइरहेको’ जस्तो रहेको टिप्पणी गर्नु भएको छ ।

    प्रतिनिधि सभाको बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफलको क्रममा बोल्दैउहाँले यस्तो बताउनु भयो । देश संकटमा रहेको र त्यसलाई लुकाउन खोजिएको ओलीको भनाई छ । उहाँले भन्नु भयो, ‘देश असामान्य अवस्थामा रहेको सरकारले लुकाउन खोजेको छ। यति मात्रै होइन, देश जलिरहेको छ, निरो बाँसुरी बजाइरहेको छ।’

    नीति तथा कार्यक्रमबाट सरकारले जनतालाई झुक्याउन खोजेको ओलीले आरोप लगाउनु भयो । उहाँले पहिलोपटक देशमा सरकार बनेजस्तो गरी नीति तथा कार्यक्रम प्रस्तुत भएको समेत गर्दै राज्य शून्यबाट सुरु भएको भान दिएको बताउनु भयो । राज्य अविछिन्न हुन्छ। गुणदोषको सिलसिला हुन्छ। त्यो टुटेको छ। राज्यको आधारभूत मान्यतालाई स्वीकार गर्न सकेको छैन। उहाँले भन्नु भयो,।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ