काठमाडौं :सोलुखुम्बु जिल्ला थुलुङ दुधकोशी गाउँपालिका ७ देउसामा स्वर्णिम टोल विकास संस्थाले आफ्नो टोलमा नियमित श्रमदान गर्दै आइरहेको छ ।
“हाम्रो काम हामीले नै गर्ने हो" भन्ने मुल नाराका साथ स्वर्णिम टोल विकास संस्थाले टोल भित्रका विभिन्न काममा महत्त्वपूर्ण सहभागीतासहित आफ्नो टोलमा नियमित श्रमदान गर्दै आइरहेको हो ।
केहिदिन अघि देखि जीर्ण अवस्थामा रहेको बाटोले गर्दा आवतजावतमा समस्या भएपछि वाड.न. ७ का टोलबासीहरुले मिलेर श्रमदान गर्न थालेका छन् । गाँउपालिकाको कार्यलय , दुधकोशी अस्पताल ,प्रहरी चौकी, दुधकोशी इन्जिनियरिङ कलेज,खेलग्राम र दाउरा घाँस गर्ने पैदल वाटो जिर्ण वन्दै गएको थियो । शनिबार कात्तिके देखि वर्खुखोला ,कानचिरे भिर हुँदै जौखोरे सम्म वाटो मर्मत तथा सरसफाइको काम सम्पन्न गरेको छ । यस अघि बेल्साफार देखि भेडाखर्क सम्म सल्लेरी सदरमुकाम, नेले वजार जाने वाटो, काउले देखि जौखोरे सम्मको वाटो, रम्बुखुम देखि भिरकुना सम्मको ठाडो वाटो विद्यालयको टहरा निर्माण, खानेपानीको कुलो लगायतका क्षेत्रमा श्रमदान गरिसकेको छ।

टोलमा श्री नाम्से आधारभूत विद्यालय निर्माण, सडक सोलिङ,चैते र वोडे खोलामा स्ल्याप निर्माण, दुई देवाली घर निर्माण सम्पन्न गरिसकेको छ भने विध्यालय भवन अन्तिम चरणमा पुगिसकेको छ । टोल विकास संस्थाहरु स्थानीय सरकारको आधारभूत इकाई भएकोले त्यसलाई बलियो र कृयाशील वनाएर लगे मात्रै गाँउको विकास हुने स्वर्णिम टोल विकास संस्थाका अध्यक्ष बुद्धिराम ठटालले बताउनु भयो । उहाँले जस्तो सुकै समस्या भएपनि टोलबासी मिलेर काम ग¥यो भने जस्तो काम पनि गर्न सकिने उहाँको भनाई छ ।






