२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

क्रिकेटर सन्दीप लामिछाने को मुद्दामा आज सुनुवाइ हुँदै

images

सत्कार खबर
  • २०८० जेठ ७, आइतबार
  • 2.9K
    SHARES
  • क्रिकेटर सन्दीप लामिछाने को मुद्दामा आज सुनुवाइ हुँदै

    काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी (बलात्कार)को मुद्दामा आइतबार सुनुवाइ हुँदै छ। सुनुवाइका लागि काठमाडौं जिल्ला अदालतका न्यायाधीश फडिन्द्रप्रसाद पराजुलीको इजलासमा पेसी तोकिएको छ।

    पराजुलीको इजलासमा क्रमसंख्याअनुसार सन्दीपको मुद्दा १०औं नम्बरमा रहेको छ। नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान समेत रहेका लामिछानेविरुद्ध गत कात्तिक १४ गते जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणीको मुद्दा दायर भएको थियो।

    १८ वर्षभन्दा कम उमेरकी महिला (किशोरी)माथि करणी गरेको कसुरमा सन्दीपलाई १२ वर्ष कैद सजायको मागदाबी गरिएको छ। सन्दीपविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २१९ को उपदफा (३) को देहाय (घ) अन्तर्गतको कसुर गरेको अभियोग लगाइएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ