सप्तरी : सप्तरीमा ब्राउन सुगरसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। चौधरीले लगाएको जिन्स पाइन्टबाट ०.३५ मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जानकारी दिनुभयो।
पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका-५ कुशाहाका २७ वर्षीय उमेश चौधरी रहेका प्रहरीले जानकारी दिनुभयो। चौधरीलाई इलाका प्रहरी कार्यालय कडोरवानाबाट खटिएको प्रहरी टोलीले सुरुङ्गा-५ कुशाहा टोल सडक खण्डबाट पक्राउ गरेको हो।
यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिनुभयो।



