२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

कोलकातालाई हराउँदै लखनउ प्लेअफमा

images

सत्कार खबर
  • २०८० जेठ ७, आइतबार
  • 1.1K
    SHARES
  • कोलकातालाई हराउँदै लखनउ प्लेअफमा

    काठमाडौं : लखनउ सुपर जायन्ट्स आइपिएल २०२३ को प्लेअफमा पुगेको छ। शनिबार कोलकाता नाइट राइडर्सलाई १ रनले पराजित गर्दै लखनउ प्लेअफमा पुगेको हो। १४ खेलबाट १७ अंक जोडेको लखनउ अंक तालिकाको तेस्रो स्थानमा रहेको छ। १२ अंक जोडेको कोलकाता सातौं स्थानमा छ। 


    घरेलु मैदान एडेन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको लखनउले ८ विकेट गुमाएर १७६ रन बनाएको थियो। खराब सुरुआत गरेपनि निकोलस पुरनको उत्कृष्ट ब्यनटिङमा गरेका थिए । पुरनले ३० बल खेल्दै ४ चौका र ५ छक्का मदतमा सर्वाधिक ५८ रन बनाएका थिए। लखनउका लागि पुरन र आयुष बदोनीले ७४ रनको साझेदारी गरेका थिए। बलिङमा कोलकाताका वैभव आरोरा, शार्दुल ठाकुर र सिनल नारिनले २/२ तथा हर्शित राना र वरुण चक्रवर्तीले समान १/१ विकेट लिएका थिए।


    १७७ रनको लक्ष्य पछ्याएको कोलकाताले ७ विकेट गुमाएर १७५ रन मात्र बनाउन सक्यो। कोलकाताका लागि  रिंकुले ३३ बल अविजित ६७ रन बनाएका थिए । ओपनर ज्यासन रोएले ४५ र वेनकाटेश अयेरले २४ रन बनाएका थिए । बलिङमा लखनउका रवि बिश्नोइ र यश ठाकुरले २/२ तथा क्रुनल पाण्ड्या र कृष्नपप्पा गोथामले समान १/१ विकेट लिएका थिए । 

    आइतबार मुम्बईले सनराइजर्स हैदरवाद तथा बेंगलोरले गुजरातसँग खेल्नेछन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ