काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई ७७ रनले पराजित गरेको छ । जितसँग चेन्नईले प्लेअफको स्थान पक्का गरेको छ ।
अरुण जैत्लेरी मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ३ विकेट गुमाएर २२३ रन बनाएको थियो । चेन्नईका लागि ऋतुराज गायकवाड र देवेन कोनवेबीच शतकीय सुरुवात गराएका थिए। चेन्नईका लागि ओपनर ऋतुराज गायकवाडले ५० बलमा ७९ रन र देवेन कोनवेले ५० बलमा सर्वाधिक ८७ रनको बनाएका थिए । यस्तै शिवम दुबेले ९ बलमा २२ रन बनाए र जडेजाले ७ बलमा २० रनको बनाएका थिए । बलिङमा दिल्लीका खलील अहमेदले र एनरिच नोर्कियाले १/१ विकेट लिएका थिए।
चेन्नईले दिएको २२४ रनको लक्ष्य दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर मात्र १४६ रन बनाएको थियो। दिल्लीका लागि कप्तान वर्नेरले ५८ बलमा सर्वाधिक ८७ रनको बनाएका थिए तर कुनै पनि ब्याट्सम्यानले उनलाई साथ दिन सकेनन् । बलिङमा चेन्नईका दिपक चाहरले ३ विकेट र मथिशा पाथिरानाले २ विकेट लिएका थिए।
जितसँगै १४ खेलबाट १७ अंक जोडेको चन्नई दोस्रो स्थानमा छ ।



