२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

images

सत्कार खबर
  • २०८० जेठ ६, शनिबार
  • 2.4K
    SHARES
  • गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

    चितवन : गैँडाको आक्रमणबाट पश्चिम चितवनमा एक जनाको मृत्यु र एक जना घाइते भएका छन् । मृत्यु हुनेमा भरतपुर महानगरपालिका-१७ - नारायणचोकका ६० वर्षीय झलकराज पौडेल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    शनिबार बिहान ११ बजे पौडेललाई आफ्नै घर पछाडि काम गरिरहेको अवस्थामा गैँडाले आक्रमण गरेको हो। गैँडाको आक्रमणबाट गम्भीर घाइते पौडेलको उपचारका क्रममा पौने १२ बजे भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

    यस्तै गैँडाको आक्रमणबाट घाइते हुनेमा स्थानीय ५७ वर्षीय टङ्कनाथ रेग्मी रहेका छन् र  उपचार पश्चात् घर फर्किएको कार्यालयले जनाएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ