२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

आईपीएल : राजस्थान ४ विकेटले विजयी

images

सत्कार खबर
  • २०८० जेठ ६, शनिबार
  • 1.3K
    SHARES
  • आईपीएल : राजस्थान  ४ विकेटले विजयी

    प्लेअफमा प्रवेश गर्न राजस्थानले अब मुम्बईको हार र बैंग्लोरको ठूलो हारको लागि प्रार्थना गर्नुपर्नेछ।

    काठमाडौं : इन्डियन प्रिमियर लिग(आईपीएल)मा राजस्थान रोयल्सले पञ्जाव किंग्सलाई ४ विकेटले पराजित गरेको हो ।

    जितसँगै राजस्थानको १४ खेलबाट १४ अंक जोडेर पाँचौँ स्थानमा उक्लेको छ र प्लेअफ पुग्ने सम्भावना कायम राखेको छ । तर पञ्जावको आशा समाप्त भएको छ। 
    धर्मशाला मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जावले २० ओभरमा ५ विकेट गुमाएर १८७ रन बनाएको थियो । पञ्जावका लागि साम करण र शाहरुख खानले अविजित ४९ र ४१ रन बनाए भने जितेश शर्माले ४४ रन बनाएर आउट भएका थिए । राजस्थानका लागि नवदीप सैनीले ३ विकेट, ट्रेन्ट बोल्ट र एडम जाम्पाले १/१ विकेट लिएका थिए ।
    पञ्जावले दिएको १८८ रनको लक्ष्य राजस्थानले १९.४ ओभरमा मात्र ६ विकेट गुमाएर भेटायो । राजस्थानका लागि यशस्वी जैसवालले ५० र देवदत्त पद्दिकलले ५१ रन बनाए भने अन्तिममा सिमरोन हेटमायरले २८ बलमा ४६ रन बनाएका थिए। पञ्जावका लागि कागिसो रबाडाले २ विकेट लिए भने साम करन, अर्शदीप सिंह र नाथन एलिसले १/१ विकेट लिएका थिए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ