काठमाडौं :- नेपाली कांग्रेसका नेता एवं संघीय सांसद डा. शशांक कोइरालाले भ्रष्टाचार निर्मूल गर्ने प्रयत्न गर्नुपर्ने बताउनु भएको छ । नवलपुरको कावासोतीमा भएको नेपाल प्रेस युनियन नवलपरासीपूर्व नवलपुरको एघारौँ साधारणसभा तथा अधिवेशनमा उहाँले यस्तो बताउनु भएको हो ।
उहाँले संसद्मा भ्रष्टाचारका सम्बन्धमा आफ्नो भनाइमा प्रष्टिकरण दिँदै भन्नु भयो , मैले भ्रष्टाचार निर्मूल हुन त सक्दैन, कम गर्नुपर्छ भन्दा सबै हाँसे, निर्मूल गर्ने त प्रयत्न गर्नुपर्छ, प्रयत्न गर्नुपर्यो भन्ने मेरो भनाइ थियो, यसलाई प्रष्टीकरणका रुपमा यहाँ भन्दै छु ।’
सो अवसरमा उनीले समाज रूपान्तरणमा पत्रकारको ठूलो भूमिका रहने बताउनु भएको छ । निष्पक्ष भएर समाचार सम्प्रेषण गर्नु पत्रकारको कर्तव्य भएको उहाँको भनाई छ ।



