काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत तीन खेल हुँदैछ। दोस्रो लेगअन्तर्गत शुक्रबार (आज) तीन खेल हुन लागेको हो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो ३ बजे देखि शुरु हुने पहिलो खेलमा एफसी खुमलटार र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ। खुमलटार १८ खेलमा १७ अंक जोडेर पुछारमा रहेको छ र छैटौँ जितको योजनामा छ। सातौँ जितको खोजीमा रहेको आर्मी १८ खेलमा २५ अंक जोडेर छैटौँ स्थानमा छ।
एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे हिमालयन शेर्पा क्लब र एपीएफ क्लबबीच खेल हुनेछ। १८ खेलमा २२ अंक जोडेर दशौँ स्थानमा रहेको हिमालयन छैटौँ जितको खोजीमा हुनेछ। एपीएफ १८ खेलमा २२ अंक जोडेर नवौँ स्थानमा रहेको छ र सातौं जित निकाल्न चाहन्छ ।
साँझ ६ बजे दशरथ रंगशालामा हुने खेलमा चर्च ब्वाइज युनाइटेड र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ।



