२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

लडाकु शिविरमा भ्रष्टाचार भएको प्रमाणित भए म जेल जान तयार छु : प्रधानमन्त्री प्रचण्ड

images

सत्कार खबर
  • २०८० जेठ ४, बिहीबार
  • 1.6K
    SHARES
  • लडाकु शिविरमा भ्रष्टाचार भएको प्रमाणित भए म जेल जान तयार छु :  प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी लडाकु शिविरमा भ्रष्टाचार भएको प्रमाणित भएमा जेल जान तयार रहेको बताउनु भएको छ ।

    प्रतिनिधि सभाको बिहीबारको बैठकमा राप्रपा सांसद ज्ञानेन्द्र शाहीले लडाकु शिविरमा भ्रष्टाचार भएको प्रसंग उठाउँदै छानबिनका लागि प्रधानमन्त्री तयार हो ? भन्दै प्रश्न गर्नु भएको थियो ।

    प्रधानमन्त्री दाहालले सो प्रश्नको उत्तर दिदै यस्तो बताउनु भएको हो । प्रधानमन्त्री प्रचण्डले भन्नु भयो,कसैले दिएको उजुरीकै आधारमा छानबिन गरेर दोषी ठहरिए म आफैँ जेल जान तयार रहेको कुरा पनि यहाँहरूलाई जानकारी गराउन चाहन्छु,’ सबै चिज छानबिन गर्न सकिन्छ। लडाकु शिविरको कुरा कपोलकल्पित र पूर्वाग्रही छ। लडाकु शिविरका कुरा राजनीतिक आग्रह र पूर्वाग्रहका साथ बेलाबेला उठ्ने गरेको प्रधानमन्त्री दाहालले बताउनु भयो ।

    गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री र रामशरण महत अर्थमन्त्री हुँदा रूजु गरेर यो विषय टुंग्याइएको उहाँको भनाई छ । उहाँले लडाकुलाई पैसा दिँदा व्यापक भ्रष्टाचार भयो भनेर आरोपका लागि आरोप लगाउने काम मात्रै भइरहेको उहाँले बताउनु भयो ।

    यसअघि सांसद शाहीले प्रहरीले ४ महिनादेखि तलब नपाएको, पूर्व लडाकुको को हुन् रेकर्डसमेत नभएकोजस्ता विषय उठान गर्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए। लडाकु शिविरमा व्यापक भ्रष्टाचार भयो भन्ने छ। विशेष समिति बनाएर छानबिन गर्न तपाईं तयार हो ?भन्दै प्रश्न गर्नु भएको हो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ