२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
दुर्घटना

तारकेश्वको शेषमतिमा बस दुर्घटना : १० जना घाइते, एकको निधन

images

सत्कार खबर
  • २०८० जेठ ३, बुधबार
  • 1.9K
    SHARES
  • तारकेश्वको शेषमतिमा बस दुर्घटना : १० जना घाइते, एकको निधन

    काठमाडौं  : काठमाडौंको तारकेश्वरमा सवारी दुर्घना हुँदा एक जनाको निधन भएको छ । बुधबार दिउँसो तारकेश्वर नगरपालिका-६ जरंखुमा बस र मोटरसाइकल एकापसमा ठोक्किदा मोटरसाइकल चालकको निधन भएको हो।


    बुधबार दिउँसो बा ३ ख ६३६७ नम्बरको बसले बा ४९ प ६०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । काठमाडौंतर्फ आउँदै गरेको बसले मोटरसाइकललाई ठक्कर दिएर रेलिङ भत्काएर शेषमती खोलामा खसेको छ। प्रहरीका अनुसार तीव्र गतिका कारण दुर्घटना भएकाे हाे ।


    दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक जोगेन्द्रप्रसाद गुप्तालाई उपचारकालागि ग्रिन सिटी अस्पताल पुर्याइएको थियो । उनको उपचारको क्रममा निधन भएको छ । साे दुर्घटनामा परेर १० जना घाइते भएका छन् ।

    घटनालगत्तै बसका चालक र सहचालक फरार रहेको बुझिएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ