काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका अष्ट्रेलियाली सहायक विदेश मन्त्री टिम वाट्सले भेटवार्ता गरेका छन् ।
नेपाल भ्रमणमा रहेका सहायक विदेश मन्त्री टिम वाट्स बुधवार प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुग्नु भएको थियो ।
सो क्रममा द्विपक्षीय हित, आपसी चासोका विविध विषयमा कुराकानी भएको प्रधानमन्त्री प्रचण्डका निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्डले नेपालको विकास र समृद्धिमा अस्ट्रेलियन सरकार र जनताको सहयोगको निरन्तरताको अपेक्षा गरेको बताउनु भएको छ।
प्रधानमन्त्री ‘प्रचण्ड’ले अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजलाई नेपाल भ्रमणको निम्तो दिनु भएको थियो । हाँले अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरूको अवस्था र समस्याहरूका बारेमा चासो व्यक्त गर्नु भएको थियो । वाट्सले अस्ट्रेलियामा नेपालीहरूले राम्रो प्रभाव पारेको भन्दै उनीहरूको योगदानको प्रशंसा पनि गर्नु भयो ।



