काठमाडौं : आइपीएलमा मुम्बई इन्डियन्सलाई ५ रनले हराउँदै लखनउ सुपर जायन्ट्सले प्लेअफको सम्भावना बलियो बनाएको छ।
जितपछि १३ खेलबाट १५ अंक जोडेको लखनउ तेस्रो स्थानमा उक्लेको छ र प्लेअफ पुग्ने सम्भावना बलियो बनाएको छ । मुम्बई १३ खेलबाट १४ अंकसहित चौथो स्थानमा झरेको छ ।
मंगलबार राति लखनउको घरेलु मैदान भएको खेलमा लखउनले दिएको १७८ रनको लक्ष्य पछ्याएको मुम्बईले १७२ रन मात्र बनाउन सक्यो । लखनउको जितमा मार्कुस स्टोइनिसले सानदार ब्याटिङ गर्दा अन्तिम ओभरमा मोहसिन खानले उत्कृष्ट बलिङ गरेका थियो ।
टस हारेर पहिले ब्याटिङ गरेको लखनउले स्टोइनिसको आक्रमक ब्याटिङमा ३ विकेट गुमाएर १७७ रन बनाएको थियो । स्टोनइसले ४७ बल खेल्दै ४ चौका र ८ छक्का प्रहार अविजित ८९ रन बनाएका थियो । यस्तै रिटार्ट हर्ट हुनुअघि कप्तान पाण्ड्याले ४२ बलमा ४९ रन बनाएका थियो । स्टोइनिस र पाण्ड्या मिलेर चौथो विकेटका लागि ८२ रनको साझेदारी गरेका थियो ।
मुम्बईका जासोन बेहरनडोर्फले २ तथा पियुष चावलाले १ विकेट लिएका थियो ।
मुम्बईका लागि ओपनर इशन किसनले ३९ बलमा सर्वाधिक ५९ रन बनाएका थिए । कप्तान रोहित शर्माले ३७ रन जोड्दा टिम डेविडले अविजित ३२ रन बनाएका थियो । लखनउका यश ठाकुर र रवी बिश्नोइले २/२ तथा मोहसिन खानले १ विकेट लिएका थियो ।



