काठमाडौं : सरकारले जिउँदो शहीद भनेर चिनिएका मुकेश कायस्थलाई राष्ट्रिय शहीद घोषणा गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनु भयो ।
विसं २०६२/६३ को जनआन्दोलनमा घाइते हुँदा कायस्थ १५ वर्षका थिए। मुकेश गत बुधबार ३३ वर्षको उमेरमा उनको निधन भएको थियो।



