मङ्सिर ७, काठमाडौं : आज बिहिबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ। बुधबार प्रतितोला १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज सोही मूल्यमा कारोबार भइरहेको छ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यता, चाँदीको मूल्य आज १० रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य ९९ हजार ८ सय ८० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ९९ हजार ४ सय १० र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २ सय ३९ रुपैयाँ तोकेको छ।



