२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी नियुक्त

images

  • २०८० मंसिर ७, बिहीबार
  • 856
    SHARES
  • माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी नियुक्त

    मङ्सिर ७, काठमाडौं : माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी नियुक्त भएका छन्। बैंकको बिहीबार बिहान बसेको ४९१ औं सञ्चालक समिति बैठकले केसीलाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको हो।


    बैंकका निवर्तमान अध्यक्ष डा.उपेन्द्र महतोले दिएको राजीनामा स्वीकृत गर्दै सञ्चालक समितिले केसीलाई अध्यक्षमा चयन गरेको छ। माछपुच्छ्रे बैंक स्थापनामा रोशन केसी परिवारको महत्वपूर्ण योगदान छ। रोशनका पिता सुर्यबहादुरको पहलमा बैंक खुलेको हो। रोशन  केसी पोखराका ब्यवसायी हुन्। 

    केसी ९ वर्षदेखि माछापुच्छ्रे बैंकमा आबद्ध छन्। उनी यसअघि २०७४ वैशाख १४ देखि २०७५ पुस २० सम्म पनि बैंकका अध्यक्ष थिए। बीचमा बैंक कमजोर भएर स्ट्यान्डर्ड फाइनान्सलाई गाभेपछि महतो समूह बलियो भएको थियो। महतो समूहले बैंकको सेयर क्रमिक रुपमा बिक्री गर्दै आएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ