२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नयाँ भवनमा सरेपछि प्रधानमन्त्रीले भने- सरकारको काम पनि नयाँ ढङ्गबाट अघि बढ्छ’

images

  • २०८० मंसिर ६, बुधबार
  • 996
    SHARES
  • नयाँ भवनमा सरेपछि प्रधानमन्त्रीले भने- सरकारको काम पनि नयाँ ढङ्गबाट अघि बढ्छ’

    मङ्सिर ६, काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको कामको प्रकृति र गुण नयाँ ढंगबाट अघि बढाउने प्रतिबद्धता जनाएका छन्। सिंहदरबारमा बुधबार पश्चिमतर्फको (रेट्रो फिटिङ भएको) भागमा बनाइएको कार्यालयमा सरेसँगै उनले सरकारका काम कारबाही अब नयाँ ढंगबाट अघि बढाउने प्रतिक्रिया दिएका हुन्। 

    उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मात्रै नसारिएको जनाउँदै कामको प्रकृति र गुण पनि अब नयाँ ढंगले जाने संकल्प गरे। ‘हामी प्रधानमन्त्रीको कार्यालय सिंहदरबारकै पछिल्लो भागबाट अघिल्लो भागमा सरेका छौं। यो ठाउँ मात्रै सारिएको होइन, कामको प्रकृति र गुण पनि अब नयाँ ढंगले जाने संकल्प पनि यसभित्र रहेको महसुस गरेको छु,’ उनले भने।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को पुरानो कार्यालयमा गुम्म परेर बस्नुपरेको अनुभव सुनाउँदै उनले अब ताजा भएर काम गर्न पाएको महसुस गरेको बाताउनु भयो। नयाँ भवन शुभारम्भले नयाँ गति पक्रिने र एकता अझ बलियो बन्ने उनको भनाइ छ।  

    ‘१२० वर्ष पुरानो यो भवनलाई त्यसको मूल संरचना जस्ताको त्यस्तै राखेर अहिले भूकम्पबाट जुन क्षति भएको थियो, त्यसको पुनर्निर्माण भएको छ। मलाई कता-कता अहिले भइरहेको ठाउँमा बस्दा गुम्म परेको, त्यति फ्रेस नहुने जस्तो लाग्थ्यो, यो ठाउँमा आउँदा अलिकति सबैतिर देखिने, निस्किएर हेर्न पाइने, स्पेस पनि ठूलो कारणले अलि बढी दिमाग फुर्छ भन्ने महसुस गरेको छु,’ प्रधानमन्त्री दाहालले भने, ‘नयाँ शुभारम्भले नयाँ गति पक्रिने र हाम्रो एकता अझ बलियो हुनेछ।’


    यस्तै, सञ्चारकर्मीहरुसँग कुरा गर्दै सहरी विकासमन्त्री सीता गुरुङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को नयाँ कार्यालयको प्रवलीकरण गर्ने काम लगभग पूरा भएको जनाइन्। उनले पहिलो चरणको आयोजनाको ठेक्काअनुसार ४२ करोड हाराहारीको रकममा प्रवलीकरण गर्ने काम पूरा भएको बताइन्।

    ‘२०७२ सालको भूकम्पले क्षतविक्षत भएको संरचनाको प्रवलीकरण गर्ने काम लगभग पूरा भएको छ। बाँकी नसकिएको भनेको इन्टेरियरको संरचना बनाउनु पर्नेछ, त्यसका लागि अर्को आयोजनाका लागि ठेक्का अघि बढाएकाले अलि सम्पन्न भएको होइन कि भन्ने देखिन्छ, तर जुन ४२ करोड हाराहारीको रकममा प्रवलीकरण गर्ने भन्ने कुरा सम्पन्न भएको छ,’ मन्त्री गुरुङले भनिन्।

    ०७२ सालमा गएको भूकम्पबाट क्षति भएको संरचनालाई रेट्रो फिटिङ गरेर अहिले प्रधानमन्त्री दाहाल सोही कार्यालयमा सरेका हुन्।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ