२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

शरणार्थी प्रकरणका कारण सरकार ढल्दैन : अर्थमन्त्री महत

images

सत्कार खबर
  • २०८० जेठ २, मंगलबार
  • 1.1K
    SHARES
  • शरणार्थी प्रकरणका कारण सरकार ढल्दैन : अर्थमन्त्री महत

    काठमाडौं : अर्थमन्त्री एवम् नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नक्कली भुटानी शरणार्थी प्रकरणका कारण सरकार नढल्ने बताउनु भएको छ । 

    महतले कांग्रेसको पछिल्लो गतिविधिका बारेमा जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनममार्फत्  यस्तो बताउनु भएको हो । शरणार्थी प्रकरणमा गठबन्धनकै नेता पनि पक्राउ परेको विषय जोड्दै पत्रकारले राखेको प्रश्नमा जवाफ दिँदै उहाँले  य‍सले सत्ता समीकरणमा खासै फेरबदल नहुने बताउनु भयो ।

    उहाँले  नक्कली शरणार्थीका नाममा भएको ठगीको हकमा कोही निर्दोष नफसून् र कोही दोषी नउम्किउन् भन्ने पक्षमा कांग्रेस रहेको पनि  बताउनु भयो ।  

    नक्कली भुटानी सरणार्थी प्रकरणमा अनुसन्धान जारी भएको बताउँदै अनुसन्धानबाट निष्कर्ष आएपछि खाणलाई पार्टीमा कारबाही गर्नेरनगर्ने कांग्रेसले निर्णय गर्ने उहाँको  भनाइ छ। उहाँले शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री एवम् कांग्रेसका नेता बालकृष्ण खाण र एमाले नेता टोपबहादुर रायमाझीको मुद्दा फरक भएको जिकिरसमेत गर्नु भयो । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ