काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझीको बयान सकिएको छ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले लिएको रायमाझीको बयान सोमबार राति अबेर सकिएको सरकारी वकिल कार्यालय स्रोतले जनाएको छ।
हिरासतमा रहेका पूर्वमन्त्री बालकृष्ण खाण बाहेक अरू आरोपीको बयान सकिएको छ । शरणार्थीको नाममा ठगेको आरोपमा पूर्व उप–प्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वमन्त्री बालकृष्ण खाण र पूर्व सभासद् आङटावा शेर्पा सहित १४ जना थुनामा छन् ।



