२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

दसैँमा देशभरका पर्यटकीय गन्तव्यमा लिङ्गे पिङ राख्दै पर्यटन बोर्ड

images

  • २०८३ असोज २०, मंगलबार
  • 246
    SHARES
  • दसैँमा देशभरका पर्यटकीय गन्तव्यमा लिङ्गे पिङ राख्दै पर्यटन बोर्ड

    काठमाडौं : नेपालीहरूको प्रमुख चाड बडादसैँलाई पर्यटनसँग जोड्दै नेपाल पर्यटन बोर्डले देशका विभिन्न पर्यटकीय गन्तव्यमा लिङ्गे पिङ सञ्चालन गर्ने तयारी गरेको छ।

    दसैँका मौलिक परम्परा र सांस्कृतिक गतिविधिलाई पर्यटन प्रवर्द्धनसँग जोड्ने उद्देश्यले बोर्डको पर्यटन सम्पदा तथा पर्यटन विकास महाशाखाले स्थानीय तह तथा पर्यटन क्षेत्रमा आबद्ध विभिन्न संघसंस्थासँग सहकार्य अघि बढाएको हो। काठमाडौं उपत्यकासहित पर्यटकको चहलपहल बढी हुने स्थानमा पिङ निर्माण गरिने बोर्डले जनाएको छ।

    यसका लागि ललितपुर महानगरपालिका, कीर्तिपुर नगरपालिका, चाँगुनारायण नगरपालिका, भक्तपुर पर्यटन विकास समिति, ठमेल पर्यटन विकास समिति, हिमालयन उद्धार सङ्घ, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), होटल सङ्घ नेपाललगायतका संस्था तथा स्थानीय निकायसँग सहकार्य गरिएको छ।

    त्यसैगरी विभिन्न प्रदेशमा रहेका होटल तथा पर्यटन व्यवसायीका संघसंस्थालाई पनि कार्यक्रमसँग जोडिएको छ। सम्बन्धित निकायसँग भएको सहमतिअनुसार दसैँ अवधिभर पर्यटकीय क्षेत्रमा लिङ्गे पिङ सञ्चालन गरिनेछ। पिङ राख्दा पर्यटक तथा स्थानीयको आवागमनलाई ध्यानमा राखिनेछ।

    सम्भावित दुर्घटना रोक्न सुरक्षा मापदण्ड अपनाउने, भीड व्यवस्थापन गर्ने तथा आवश्यक सावधानीका उपाय अवलम्बन गर्ने जिम्मेवारी सम्बन्धित पक्षलाई दिइएको छ। दसैँको अवधि सकिएपछि भने पिङ हटाएर त्यसका लागि प्रयोग गरिएको स्थानलाई पुरानै अवस्थामा फर्काउनुपर्ने व्यवस्था गरिएको छ।

    नेपाल पर्यटन बोर्डका अनुसार नेपाली समाजमा पुस्तौँदेखि चलिआएको लिङ्गे पिङको परम्परालाई पर्यटन गतिविधिसँग जोडेर चाडपर्वको मौलिकता उजागर गर्नु कार्यक्रमको मुख्य उद्देश्य हो। यसबाट आन्तरिक तथा बाह्य पर्यटकलाई नेपाली संस्कृति र दसैँको परम्परागत माहोलसँग प्रत्यक्ष जोड्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ