२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

दुई कारोबार दिनपछि सामान्य अंक बढ्यो नेप्से तर कारोबारमा भने गिरावट

images

  • २०८३ असोज २०, मंगलबार
  • 216
    SHARES
  • दुई कारोबार दिनपछि सामान्य अंक बढ्यो नेप्से तर कारोबारमा भने गिरावट

    काठमाडौँ : साताको दोस्रो कारोबार दिन आज मंगलबार नेप्से सामान्य अंकले बढेर बन्द भएको छ। दुई कारोबार दिनपछि आज सामान्य अंकले बढेर बन्द भएको छ। नेप्सेसंगै कारोबार रकम भने गिरावट छ। आज नेप्से परिसूचक ११.९६ अंकको बढेर २ हजार ५ सय ७८ दशमलव ७३ विन्दुमा पुगेको हो।

    त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स २ अंक, फ्लोट इण्डेक्स ०.८२ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७५ अंक बढेको छ। आज २ वटै उपसमूहका परिसूचक घटेको छ भने ११ वटै उपसमूहका परिसूचक बढेको छ। साथै, आज १ सय ६५ कम्पनीको शेयर मूल्य बढेको छ र ९५ कम्पनीको शेयर मूल्य घटेको छ तथा १५ कम्पनीको शेयर मूल्य स्थिर छ।

    त्यस्तै, आज घलेम्दी हाइड्रोको २३ करोड ९१ लाख रुपैयाँ, लिबर्टी इनर्जीको १३ करोड ९१ लाख रुपैयाँ र हिमाल दोलखा हाइड्रोपावर कम्पनीको ८ करोड ७५ लाख रुपैयाँ शेयर कारोबार भएको छ। साथै, आज त्रिशुली जलविद्युत कम्पनीको शेयर सर्वाधिक ५.११ प्रतिशत बढेको छ भने सर्वोत्तम पेन्ट्सको शेयर सर्वाधिक ४.९५ प्रतिशतले गिरावट आएको छ।

    यसगरी, आज ३ सय ५९ कम्पनीको ४१ हजार ६ सय ७ पटकको कारोबारमा ३ अर्ब १३ करोड ८१ लाख १९ हजार रुपैयाँ बराबरको ८९ लाख ५५ हजार २ सय ३० कित्ता शेयर कारोबार भएको छ भने हिजो सोमबार ३ अर्ब २७ करोड ९५ लाख ९ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ