२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नेपाली राष्ट्रिय क्रिकेट टोलीका ९ खेलाडीले एक्सट्रिम इनर्जीको सम्झौता

images

  • २०८३ असोज १९, सोमबार
  • 216
    SHARES
  • नेपाली राष्ट्रिय क्रिकेट टोलीका ९ खेलाडीले एक्सट्रिम इनर्जीको सम्झौता

    काठमाडौँ : एक्सट्रिम इनर्जी ड्रिंकले नेपाली राष्ट्रिय क्रिकेट टोलीका ९ खेलाडी सँग साझेदारी गरेको छ। आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाली राष्ट्रिय टोलीका ९ खेलाडीबीच र एक्सट्रिमबीच सम्झौता भएको हो।

    नेपाली राष्ट्रिय क्रिकेट कप्तान सन्दीप लामिछानेसहित पूर्व कप्तान रोहित पौडेल, सोमपाल कामी, करण केसी, आसिफ शेख, ललितनारायण राजवंशी, शेर मल्ल, इशान पाण्डे र लोकेश बम एक्सट्रिमको सदस्यका रूपमा आबद्ध छन् ।

    सम्झौतापछि ती खेलाडीहरूले प्रयोग गर्ने क्रिकेट ब्याटमा एक्सट्रिम इनर्जी ड्रिंकको लोगो राखिनेछ। त्यस्तै, एक्सट्रिमले आयोजना तथा सञ्चालन गर्ने विभिन्न प्रवर्द्धनात्मक, ब्रान्ड तथा खेलकुद गतिविधिमा पनि खेलाडीहरूको सहभागिता रहनेछ।

    साथै, कम्पनीले सञ्चालन गर्ने विभिन्न प्रचार, ब्रान्ड तथा खेलकुदसम्बन्धी कार्यक्रममा खेलाडीको सहभागिता रहनेछ। कम्पनीले नेपाली क्रिकेटमा खेलाडीको लोकप्रियता र युवापुस्तामा उनीहरूको प्रभावलाई ध्यानमा राख्दै यो सहकार्य गरिएको जनाएको छ। यसले क्रिकेट र ब्रान्डबीचको सम्बन्ध अझ बलियो बन्ने अपेक्षा गरिएको छ।

    एनपीएलका ७ टोली समेटिएको विशेष संस्करणको क्यान सार्वजनिक

    सोही कार्यक्रमका अवसरमा एक्सट्रीम इनर्जी ड्रिंकले नेपाल प्रिमियर लिग (एनपीएल) मा मुख्य प्रायोजकका रूपमा आफू आबद्ध भएका ७ टोलीहरूलाई समेटेर तयार पारिएको विशेष संस्करणको क्यान समेत सार्वजनिक गरेको छ। 

    एनपीएलका सात टिममा काठमान्डु गोर्खाज, चितवन राइनोज, विराटनगर किंग्स, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, जनकपुर बोल्ट्स र कर्णाली याक्सलाई एक्सट्रिम मुख्य प्रायोजक हुनेछ। 

    एनपीएलका सम्बन्धित टोलीको पहिचान र क्रिकेटप्रतिको समर्थकहरूको उत्साहलाई समेटेर तयार गरिएको विशेष संस्करणको क्यानले खेलाडी तथा समर्थकसँगको सम्बन्धलाई थप नजिक बनाउने कम्पनीले जनाएको छ। विशेष संस्करणको क्यानमार्फत एनपीएलको माहोललाई थप रोमाञ्चक बनाउँदै क्रिकेटप्रेमी तथा समर्थकमाझ एक्सट्रीमको उपस्थिति अझ प्रभावकारी बनाउने कम्पनीको विश्वास छ।

    एक्सट्रीम इनर्जी ड्रिंकले नेपाली युवाको ऊर्जा, उत्साह र खेलप्रतिको जोशसँग आफूलाई जोड्दै आगामी दिनमा पनि क्रिकेटलगायत विभिन्न खेलकुद गतिविधिमा निरन्तर सहकार्य र सहभागिता जनाउने जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ