काठमाडौँ : नेपाली बजारमा आज आइतबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँ र चाँदी प्रतितोला ६० रुपैयाँले घटेको छ । यस्तै, महासंघका अनुसार आज आइतबार सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ९ सय रुपैयाँ कायम भएको छ भने गत शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, आज आइतबार सुनसंगै चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलाको ६० रुपैयाँले घटेको हो । महासंघका अनुसार आज आइतबार चाँदी ४ हजार ३ सय ९० रुपैयाँ कायम भएको छ भने गत शुक्रबार चाँदी ४ हजार ४ सय ५० रुपैयाँमै कारोबार भएको थियो।