काठमाडौं : गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गर्ने विकास बैंकहरूको सङ्ख्या ५ पुगेको छ। लाभांश घोषणा गर्नमा गरिमा विकास बैंक, साइन रेसुङ्गा विकास बैंक, कामना सेवा विकास बैंक, मितेरी विकास बैंक र साङ्ग्रिला विकास बैंक रहेका छन्।
बैंकहरूले सार्वजनिक गरेको लाभांश विवरण र आगामी साधारण सभाको विवरण यस प्रकार छ।
१. गरिमा विकास बैंक लिमिटेड
-
कुल लाभांश : २० प्रतिशत
-
बोनस शेयर : १० प्रतिशत
-
नगद लाभांश : १० प्रतिशत (करसहित)
-
बुक क्लोज : सम्पन्न भइसकेको।
२. साइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड
-
कुल लाभांश : १६ प्रतिशत
-
बोनस शेयर : ६ प्रतिशत
-
नगद लाभांश : १० प्रतिशत (करसहित)
-
बुक क्लोज : सम्पन्न भइसकेको।
३. कामना सेवा विकास बैंक लिमिटेड
-
कुल लाभांश : १५ प्रतिशत
-
बोनस शेयर : ० प्रतिशत
-
नगद लाभांश : १५ प्रतिशत (करसहित)
-
स्थिति : वार्षिक साधारण सभा सम्पन्न भइसकेको।
४. मितेरी डेभलपमेन्ट बैंक लिमिटेड
-
कुल लाभांश : ११ प्रतिशत
-
बोनस शेयर : ५ प्रतिशत
-
नगद लाभांश : ६ प्रतिशत (करसहित)
-
बुक क्लोज : प्रकाशित भएको छैन।
५. साङ्ग्रिला डेभलपमेन्ट बैंक लिमिटेड
-
कुल लाभांश : १०.५२६३ प्रतिशत
-
बोनस शेयर : ४ प्रतिशत
-
नगद लाभांश : ६.५२६३ प्रतिशत (करसहित)
-
बुक क्लोज : सम्पन्न भइसकेको।



