२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

एभरेष्ट बैंकद्धारा ३२औँ वार्षिक साधारणसभा सम्पन्न, लाभांश पारित

images

  • २०८३ असोज १४, बुधबार
  • 276
    SHARES
  • एभरेष्ट बैंकद्धारा ३२औँ वार्षिक साधारणसभा सम्पन्न, लाभांश पारित

    काठमाडौँ : एभरेष्ट बैंक लिमिटेडको ३२औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन पारित गरेको हो। सभाले सेयरधनीहरूका लागि ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

    साथै, प्रस्तावित बोनस सेयर जारी भएपश्चात् पूँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र संशोधनसम्बन्धी विशेष प्रस्ताव पनि सभाबाट पारित गरिएको छ। आर्थिक वर्ष २०८३/८४ को लागि श्री जी.पी.राजवाहक एण्ड कम्पनीलाई लेखापरीक्षकमा नियुक्त गर्ने प्रस्ताव समेत सभाले सर्वसम्मतिबाट पारित गरेको छ।

    सभामा १७ जना सेयरधनीहरुले बोलेका थिए । बोल्ने अधिकांश सेयरधनीहरुले यस आर्थिक वर्षमा लाभांशमा बोनस सेयरको प्रतिशत बढाउन समेत संचालक र व्यवस्थापनलाई अनुरोध गरेका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ