काठमाडौँ : नेपाली बजारमा साताको दोस्रो दिन सोमबार सुनचाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँले घटेर २ लाख ९४ हजार ३ सय रुपैयाँमा झरेको छ।
यसअघि आइतबार छापावाल सुन प्रतितोला २ लाख ९९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आइतबार प्रतितोला ४ हजार ६ सय ५५ रुपैयाँ रहेको चाँदी आज सोमबार १ सय ४५ रुपैयाँले घटेर ४ हजार ५ सय १० रुपैयाँ कायम भएको छ।