२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

images

  • २०८३ असोज १२, सोमबार
  • 246
    SHARES
  • तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौँ : तीन कम्पनीको लाभांश प्राप्त गर्ने आज (असोज १२ गते) अन्तिम दिन रहेको छ जसमा सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज, शाइन रेसुंगा डेभलपमेन्ट बैंक र अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी रहेका छन्।

    तीन कम्पनीले आगामी साधारणसभा तथा लाभांश वितरणको सूची तय गर्न असोज १३ गते बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म शेयर खरिद गर्ने वा कायम रहने लगानीकर्ताले मात्रै प्रतिफल प्राप्त गर्न सक्नेछन्।

    सर्वोत्तम पेन्ट्स :

    सर्वोत्तम पेन्ट्सले आफ्नो पाँचौँ वार्षिक साधारणसभा असोज २५ गते कैलालीको अत्तरियास्थित 'होटल जंगल स्पा' मा दिउँसो १ बजे डाकेको छ। सर्वोत्तम पेन्ट्सले हालको चुक्तापुँजी ३४ करोड रुपैयाँ रहेको छ। 

    उक्त सभामा हालको चुक्तापुँजीको १० प्रतिशत अर्थात् ३ करोड ४० लाख रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने मुख्य प्रस्ताव लगिनेछ। साथै, बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि छुट्याइएको १७ लाख ८९ हजार ४ सय ७४ रुपैयाँ नगद लाभांशसमेत सभाबाट पारित गराउने तयारी छ।

    शाइन रेसुंगा डेभलपमेन्ट बैंक :

    बैंकले १८ औँ साधारणसभा बुटवलमा आफ्नो १८ औँ वार्षिक साधारणसभा असोज २८ गते डाकेको छ। उक्त सभा रुपन्देहीको बुटवलस्थित 'होटल सेफ्रन सीके' मा बिहान ११:३० बजेदेखि सुरु हुनेछ।

    १६ प्रतिशत लाभांशको प्रस्ताव सभामा आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल १६ प्रतिशत लाभांश पारित गर्ने मुख्य एजेन्डा रहेको छ। प्रस्तावित लाभांशमध्ये ६ प्रतिशत बोनस शेयर र करसहित १० प्रतिशत नगद लाभांश रहेका छन्।

    साधारणसभाले बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने क्रममा नियमनकारी निकायहरूबाट आउने निर्देशन वा सुझावअनुसार आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ। साथै, सञ्चालकहरूको बैठक भत्ता तथा अन्य सुविधा पुनरावलोकन गर्ने विषय पनि सभामा पेस हुनेछ।

    सभाले गत आर्थिक वर्षको वित्तीय विवरण तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८३/८४ का लागि नयाँ लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक तोक्ने प्रस्तावसमेत अनुमोदन गर्नेछ।

    अरुण भ्याली हाइड्रोपावर :

    त्यसैगरी, अरुण भ्याली हाइड्रोपावरले आफ्नो २९ औँ वार्षिक साधारणसभा असोज २७ गते बोलाएको छ। अरुण भ्यालीले हालको चुक्तापुँजी ४ अर्ब ४ करोड ४ लाख ३ हजार १ सय ५० रुपैयाँ रहेको छ। 

    सभाले गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित कोषबाट हालको चुक्तापुँजीको कुल ५.२६३ प्रतिशत लाभांश बाँड्ने प्रस्ताव अनुमोदन गर्नेछ। यसअन्तर्गत ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश समावेश छ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ