२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

मुक्तिनाथ विकास बैंक र अटोवेज प्रा.लि. बीच व्यावसायिक सम्झौता, बुल मेसिन खरिदमा सहज कर्जा

images

  • २०८३ असोज ८, बिहीबार
  • 246
    SHARES
  • मुक्तिनाथ विकास बैंक र अटोवेज प्रा.लि. बीच व्यावसायिक सम्झौता, बुल मेसिन खरिदमा सहज कर्जा

    काठमाडौँ : मुक्तिनाथ विकास बैंक लिमिटेड र नेपालका लागि निर्माण उपकरण ‘बुल मेसिन’को आधिकारिक वितरक अटोवेज प्रालिबीच बुल मेसिन खरिद गर्न चाहने ग्राहकहरूलाई सहज कर्जा सुविधा उपलब्ध गराउने सम्झौता भएको छ ।

    सम्झौतामा बैंकका हेड अफ गण्डकी रिजन बाबुराम ढकाल र अटोवेज प्रालिका अध्यक्ष तथा प्रबन्ध निर्देशक नारायणप्रसाद पौडेलले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार बैंकले बुल मेसिनलाई नै धितोका रूपमा राखी डिलरको बिल वा इनभ्वाइस मूल्यको ५० प्रतिशतसम्म वित्तीय सुविधा उपलब्ध गराउन सक्नेछ ।

    त्यसैगरी, ग्राहकले बैंकले स्वीकार गर्ने थप स्थिर सम्पत्ति धितो उपलब्ध गराएमा बैंकको कर्जा मूल्यांकन तथा प्रचलित कर्जा नीतिअनुसार डिलरको इनभ्वाइस मूल्यको ८० प्रतिशतसम्म र न्यूनतम ब्याजदरमा कर्जा उपलब्ध हुन सक्नेछ ।

    यस सहकार्यबाट उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्दै निर्माण व्यवसायमा संलग्न ग्राहकलाई आवश्यक निर्माण उपकरण खरिद गर्न वित्तीय सहयोग पुग्ने बैंकले जनाएको छ ।

    साथै, मुक्तिनाथ विकास बैंकले आवास, अटो, कृषि तथा एसएमई लगायत विभिन्न कर्जा सुविधा प्रतिस्पर्धी ब्याजदरमा उपलब्ध गराउँदै आएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ