काठमाडौं : भक्तपुरको चुनदेवीमा भएको आगलागीमा २ करोड २९ लाख बराबरको सामान जलेर नष्ट भएको प्रहरीले जानकारी दिएका छन् ।
न्यू दाजुभाइ फर्निचर ट्रेडर्समा सुरुमा आइतबार साँझ सवा ७ बजे अचानक आगलागी सुरु भएको थियो । आइतबार राति साढे १० बजे आगलागी पूर्णरुपमा नियन्त्रणमा आएको थियो ।आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, ५ वटा दमकल, स्थानीयवासी खटिएका थियो ।
न्यू दाजुभाइ फर्निचर सञ्चालक बिजेन चौगुठीको साढे तीनतले घर र सँगै रहेको पुष्प शिल्पकारको कृपालु फर्निचर कारखानामा आगलागी भएको थियो । आगलागी नियन्त्रणपछी प्रहरीले सोमबार दिनभर लगाएर मुचुल्का गरी सार्वजनिक गरेको विवरणमा २ करोड २९ लाख बराबरको क्षति भएको उल्लेख छ। कुनै मानवीय क्षति नभए पनि तयारी फर्निचर, कच्चापदार्थ, मेसिन, केमिकल, कार, घर, नगद तथा जिन्सी लगायतका सामान जलेर नष्ट भएको प्रहरीले जानकारी दिए ।



