२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नेप्से ३६.२५ अंकले घट्दा कारोबार रकम ६ अर्ब ३५ करोडमा सीमित

images

  • २०८३ असोज ७, बुधबार
  • 251
    SHARES
  • नेप्से ३६.२५ अंकले घट्दा कारोबार रकम ६ अर्ब ३५ करोडमा सीमित

    काठमाडौँ : विगत तीन दिनदेखि निरन्तर उकालो लागिरहेको सेयर बजारमा साताको दोस्रो कारोबार दिन बुधबार भने गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३६.२५ अंकले घट्दै २६१८.०३ विन्दुमा ओर्लिएर बन्द भएको छ। आज सेन्सेटिभ इण्डेक्स पनि ६.३३ अंकले ओरालो लागेको छ। साथै, फ्लोट इण्डेक्स २.६० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१९ अंकले घटेका छन्।

    बजार सूचकसँगै कारोबार रकममा पनि केही सुस्ती देखिएको छ। अघिल्लो कारोबार दिन मंगलबार ७ अर्ब ५ करोड रुपैयाँको सेयर खरिदबिक्री भएकोमा बुधबार भने कुल ३५२ वटा कम्पनीको ५७ हजार ९४७ पटकको कारोबारमा ६ अर्ब ३५ करोड ६६ लाख ११ हजार रुपैयाँ बराबरको २ करोड १६ लाख २२ हजार कित्ता सेयर कारोबार भएको छ।

    बजारमा गिरावट आए तापनि धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्यमा भने सकारात्मक सर्किट लागेको छ। कम्पनीको सेयर मूल्य प्रतिकित्ता १७५ रुपैयाँले बढेर १ हजार ३४१ रुपैयाँ ९० पैसा पुगेको छ भने फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको सेयरमूल्य सर्वाधिक ८.५४ प्रतिशतले घटेको छ।

    कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स शीर्ष स्थानमा ३८ करोड ३४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। दोस्रो स्थानमा रहेको रिलायन्स स्पिनिङ्ग मिल्सको २१ करोड रुपैयाँभन्दा बढी र हिमालयन डिष्टिलरीको साढे २० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

    बुधबार कारोबारमा आएका सबै १३ वटै उपसमूहको सूचक घटेका छन्। जसमध्ये जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २.०४ प्रतिशतले ओरालो लाग्यो। त्यस्तै बैंकिङ्ग, विकास बैंक, फाइनान्स, जलविद्युत, लगानी, लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले घटेका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ