काठमाडौँ : स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा थोरै बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेको हो।
मूल्य वृद्धि भएसँगै आज छापावाल सुन प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ भने हिजो मंगलबार प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै आज चाँदीको मूल्य पनि उकालो लागेको छ। चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढ्दै प्रतितोला ४ हजार ८ सय १५ रुपैयाँ पुगेको छभने हिजो मंगलबार प्रतितोला ४ हजार ७ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।