काठमाडौँ : नेपाली बजारमा आज सोमबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ भने चाँदीको मूल्यमा पनि थोरै वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा १ हजार ३ सय रुपैयाँले घटेको छ भने चाँदी तोलामा १० रुपैयाँले बढेको छ ।
महासंघका अनुसार आज सोमबार सुन प्रतितोला ३ लाख ३ हजार ९ सय रुपैयाँ कायम भएको छ भने हिजो आइतबार सुन प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज सोमबार चाँदी प्रतितोला ४ हजार ८ सय ५ रुपैयाँ कायम भएको छ भने हिजो आइतबार सुन प्रतितोला ४ हजार ७ सय ९५ रुपैयाँ रुपैयाँमा कारोबार भएको थियो।